नेपाल यू १५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । यसअघिको संस्करणमा नेपालले पहिलो चरणबाटै बाहिरिएको थियो । तर यसपटक भने पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको हो ।

योसँगै समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार