सशस्त्रको गोताखोर टोलीले ३५ मिटर गहिराईबाट शव निकाल्यो – Chetananews.com

सशस्त्रको गोताखोर टोलीले ३५ मिटर गहिराईबाट शव निकाल्यो

काठमाडाैं – नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव साउन २६ गते एपीएफ टोलीले निकालेको छ ।

साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काभ्रे नम्बर १५ गणबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोली शुक्रबार त्यसतर्फ खटिई गएको थियो ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद सिलुवालको कमाण्डमा खटिएको गोताखोर टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा नदिको खोचबाट करीव ३५ मिटर भित्रबाट निज पण्डितको शव दिउँसो करीव सवा ४ बजे बाहिर निकाल्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार