चर्चित गायिका कल्पनाको तीज कोसेली ‘नाचिन्छ…’ बजारमा, हेर्नुहोस् भिडियो

महेश्वरा चन्द । काठमाडौं – चर्चित गायिका कल्पना बिसी र गायक राजेन्द्र विष्टको तीज कोसेली ‘नाचिन्छ…’ यूट्यूवमा सार्वजनिक भएको छ ।  महिलाहरुको महान चाड तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको बेला तीज कोसेली ‘नाचिन्छ…’ सार्वजनिक भएको हो ।

विशेषगरी युवा-युवतीदेखि सबै वर्गलाई लक्ष्यित गरी ल्याइएको गीतमा केटा-केटीको डानसमा गर्ने प्रतिस्पर्धालाई रमाइलो तरीकाले प्रस्तृत गरिएको छ । गीतमा केटीले केटीलाई म कस्तो छु भन्दै जाच्ने र केटाले पनि केटी म कस्तो भाटु भनेर जाच्ने प्रसंगलाई देखाइएको छ । चर्चित गायिका कल्पना र गायक राजेन्द्रको मिठो स्वर रहेको गीतमा लोकु सिंह ठकुरीको शब्द तथा गायक रोजेन्द्र विष्टको लय रहेको छ । गीतको एरेञ्ज केशब बडुले गरेका हुन् भने गीतको बजार व्यवस्थापन राजेन्द्र विष्ट यूट्यूव च्यानल रहेको छ ।

गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेको हुन् भने सम्पादन पदम सुवेदी तथा छायांकन प्रकाश खड्काले गरेका हुन् । बि स्टार फिल्मस् प्रालीले दृश्य निर्माण गरेको गीतको म्युजिक भिडियोमा अञ्जली, पल, टिका र आर्याको अभिनय देख्न सकिन्छ । युवा पुस्तालाई लक्ष्यित गरी ल्याइएको गीत दर्शक स्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार