निर्वाचन प्रमुख पिंकी रायको मृत्यु

बर्दिबास – जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको मृत्यु भएको छ । मस्तिष्कमा ब्लड क्यान्सर भएकी उनको अपरेसनपछि उपचारकै क्रममा ज्यान गएको हो ।

भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा भर्ना गरिएको उनको शुक्रबार साँझ ६ बजे हस्पिटलमै ज्यान गएको नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष तथा मठिहानी नगरपालिका मेयर हरिनारायण मण्डलले जानकारी दिए ।

दिल्लीबाट उनको शव शनिबार साँझ ल्याइसक्ने जनाइएको छ । मधेशी समुदायबाट घुम्टो फाल्दैं नेतृत्व तहमा पुगेकी उनलाई देखेर अरु महिला दिदीबहिनी अघि बढ्ने प्रयास गर्दै गर्दा उनको करिब ३५ वर्षकै उमेरमा भएको मृत्युले मधेसी समुदायमा ठूलो क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार