रहेनन् कांग्रेस नेता भरत शम्शेर राणा

काठमाडाैं – नेपाली कांग्रेसका पुराना नेता भरत शम्शेर राणाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार शनिबार बिहान कलकत्तास्थित घरमा उनको निधन भएको हो ।

गोरखा परिषद्का संस्थापक अध्यक्ष राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए ।

उनको ९० वर्षको उमेरमा निधन भएको हो । उनका पत्नी, दुई छोरी र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार