बाहिरका कुरा नसुन्न डाक्टर केसीलाई प्रधानमन्त्री ओलीको आग्रह, सबै माग पूरा हुने अाश्वासन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर गोविन्द केसीसँग भएको सबै सहमति कार्यान्वयन गरिने बताउनुभएको छ । अाज डाक्टर गोविन्द केसी र उहाँका प्रतिनिधिबीच वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले डाक्टर केसीले उठाएका सबै माग पूरा गर्ने आश्वासन दिनुभयाे ।

उहाँले धेरैजसो माग नागरिककै लागि भएकाले फेरि अनसन बस्न नपर्ने गरी सरकारले काम गरिहेको बताउनुभएको छ । डाक्टर केसीका मागमा सरकार इमान्दार भएकोले बाहिरका कुरा नसुन्न प्रधानमन्त्री ओलीले डाक्टर केसीलाई सुझाव दिनुभएको छ । भेटमा डाक्टर केसीले सहमति भएको १५ दिन बितिसक्दा पनि माग कार्यान्वयनको सुरुवात नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेको २७ औं दिनमा सरकारसँग सहमति भएपछि डाक्टर केसीले गएको १० गते अनशन तोड्नुभएको थियो । प्रधानमन्त्रीले बोलाएपछि बिहान डाक्टर केसीसहित अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकास अर्याल, अभिषेकराज सिंह लगायतको टोली वालुवाटार पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार