धूम -३ मा आउने भो ‘मनबिनाको धन ठूलो कि मनबिनाकाे…’

काठमाडौं – पछिल्लो समय भाइरल भएको ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन…’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ । नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम-३ मा यो गीत समावेश गरिने भएको हो ।

‘मनबिनाको धन ठूलो’ गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र विवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जयकिसन बस्नेतसँग पनि बुढाथोकीको दूरी बढेको छ । दुई दर्जन चलचित्रमा बुढाथोकीलाई संगीतकार लिएका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र ‘धूम-३’मा पनि उनलाई नै लिएका थिए ।

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारका रूपमा गनिएका बुढाथोकी युट्युबमा भाइरल बालगायक अशोक दर्जीसँग जोडिएपछि जयकिसन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग चर्चामा छ । जयकिसनले उक्त गीतको अधिकार आफूसँग भएको र छायांकन गरी चलचित्र ‘धूम(३’मा समावेश गर्न लागेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार