अमेरिकामा चोरेर विमान उडाउँदा तनाव, फाइटर जेटले पछ्यायो, विमान दुर्घटनाग्रस्त

काठमाडाैं – अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति एक २९ वर्षीय युवकले चोरेर अनुमति बिना विमान उडाउँदा तनाव भएको छ ।

सुरुमा आतंकवादी घटना हुनसक्ने भय व्याप्त भए पनि स्थानीय प्रहरीले विमानमा कोही यात्रु नभएको र आतंकवादी घटना नभएको बतायो। दुई वटा एफ १६ फाइटर जेटले पछ्यायो। यता एयर ट्राफिक कन्ट्रोलरले पाइलटसँग कुरा गर्दै ७६ सिटे विमानलाई घना बस्तीबाट परै राख्ने प्रयत्न गर्‍यो।

केट्रन आइल्यान्डमा सो विमान दुर्घटना भएपछि बल्ल सो विमानस्थलमा उडान र अवतरण खुला गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ । …..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार