नयाँ अनुसन्धानले डाइनासोरका बारेमा खोल्यो यस्तो रहस्य

काठमाडाैं – वैज्ञानिकहरूले धर्तीमा लाखौं वर्षअघि घुम्ने डाइनासोरको बानीका बारेमा आश्चर्यजनक खुलासा गरेका छन् ।  अनुसन्धानकर्ताहरूका अनुसार, मानिस जस्तै डाइनासोर पनि सुगन्धित चीजको सोख राख्थे ।

अमेरिकाको ओरेगन स्टेट विश्वविद्यालयको अनुसन्धानमा यो कुरा पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार, लगभग १० करोड वर्षपहिले फूलको सुगन्ध भएका पर्फ्युम पाइने प्रमाण भेटिएको छ । जनरल हिस्टोरिकल बायोलोजीमा प्रकाशित अनुसन्धानमा लेखिएअनुसार, त्यतिखेर पाइने फूलको प्रमाण अहिले पनि भेटिन्छ ।

विश्वविद्यालयका कीटवैज्ञानिक जर्ज पायनरका अनुसार, डायनासोरले पनि फूलको सुगन्ध चिनेको हुन्थ्यो र त्यसप्रति आकर्षित हुन्थ्यो । अनुसन्धानकर्ताहरूले म्यान्मारमा पाइने केही फूल जाँचेर यो कुरा पत्ता लगाएका हुन् । जुन फूलहरूको प्रयोग आजकल पर्फ्युमका रूपमा गरिन्छ, त्यो डायनासोरहरूको जुरासिक युगमा प्रयोग हुन्थ्यो ।

अनुसन्धानकर्ताहरूका अनुसार, जीवाश्मको सहायताले फूलको सुगन्ध त पत्ता लगाउन सकिँदैन तर फूलमा सुगन्ध कोशिका बनाउने अवयव चाहिँ थाहा पाउन सकिन्छ । त्यसै आधारमा डायनासोरको समयमा पनि पर्फ्युमको प्रयोगको प्रमाण पाइएको हो । –एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार