तीजको नयाँ गीत ‘जाम्ला माया पोखरा’ सार्वजनिक, हेर्नुहोस् भिडियो

काठमाडाैं – नेपाली नारीहरुको महान पर्वको चटारो सवै तिर छाएको वेलामा तिलक फिल्मस प्रालीको प्रस्तुतिमा गायिका सम्झना भण्डारी र गायक मनोहर भण्डारीको आवाजमा रहेको रमाइलो तिजको गीत ‘जाम्ला माया पोखरा’ नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

निकै रमाइलो पारामा मैलिक गीत ‘जाम्ला माया पोखरा’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो। सार्वजनिक उक्त तीज गीतमा महिलाहरु छमछमी नाचेका छन्। यसलाई नेपालको कला संस्कृति प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ।

गीतमा नेपालका विभिन्न ठाउँको बारेमा वर्णन गदैँ भावनाहरु ब्यक्त गरिएको छ। मनोहर भण्डारीको शब्द सिर्जना तथा दिपक जोशीको लय सिर्जना गीतमा रहेको छ। राहुल राईको छायाँकन, दिपक जोशीको सम्पादन तथा निर्देशन रहेको छ। गीतमा ब्यक्त गरिएको भाव अनुसार दिपक जोशी, सुजता भट्ट, तथा रितु विष्टको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार