राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनावस्यक खर्च बढ्नेछ । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । पारिवारिक सुखमा कमि आउनेछ । मन अस्थिर बन्नेछ एकै ठाँउमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयको सदुपयोग गर्नु होला । ढिला गर्दा अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिवारमा सुख शान्ति छाउनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्य प्रगतिका हिसावले दिन मध्यम देखिन्छ । आर्थिक कारोवार गर्दा एक पटक सोचेर गर्नुहोला । अरुबाट सहयोगको आशा धेरै नराख्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अस्थिरताले अनिष्ट निम्त्याउनेछ धैर्य भएर काम गर्नु होला सफल हुनुहुनेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । साझेदारी काममा कम सफलता मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा अझै सुधार आउने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यदि काम गरेको खण्डमा ७५ प्रतिशत सम्पादन हुनेछन् । अरुबाट सहयोगको आशा धेरै नराखी अगाडि बढ्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ । लाभदाय यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक सुखमा कमी आउनेछ । गरेका काम नबन्दा मनमा खिन्नता बढ्नेछ । आर्थिक कारोवारमा समस्या आउनेछ । व्यापारमा गिरावाट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आएको अवसरको पूर्ण सदुपायोग गर्न पछि नपर्नुहोला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा सजग रहनु होला । अरुको भर नपरि काम गर्नु होला । शत्रु लाग्ने देखिन्छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् । स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  सोचे जस्तो कहि हुने छैन । भ्रममा पारेर अरुले फाइदा लिन खोज्दै छन् सतर्क रहनु होला । व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ । पढाई लेखाईमा अवनति हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार