सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश दुबईमा समातिए

काठमाडाैं – सुन प्रकरणमा प्रहरीको खोजीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन् । विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका नाइकेमध्ये एक रमेश उप्रेती संयुक्त अरब इमिरेट्स(यूएइ)को दुबईमा पक्राउ परेका हुन् । नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उप्रेतीविरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको थियो । उनी सो गिरोहका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोर’का भाई हुन् । उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी भइरहेको छ । त्यसका लागि यूएईको प्रहरीले नेपाल प्रहरीसँग उनीविरुद्धको अभियोग पत्र मागेको छ । उप्रेतीलाई फरार प्रतिवादी बनाई जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ ।

सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरिसकेको छ । जसमा मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको बिशेष अनुसन्धान टोलीले विमानस्थलबाट भएको सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार