आयुष्मान र प्रियंकाले साटे औँठी, बिहे कहिले ?

काठमाडाैं – गएको २ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । गुपचुप रुपमा शनिवार एक पारिवारिक माहोलका बीच दुवैले औँठी साटे ।

फिल्म ‘कथा काठमाण्डू’ को छायांकनको बेलादेखि यी दुईले प्रेमको रथ हुँइक्याउन थालेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् ।

यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् । इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन । यी दुवैले ‘कथा काठमाण्डू’ सँगै ‘चंगा चेट’, ‘छक्का पञ्जा २’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार