कृषिको माध्यमबाट पर्यटनको सम्भाव्याता अध्यन

ओखलढुंग – ओखलढुंगको लिखु गाउँपालिकाले कृषिको माध्यमबाट पर्यटनको सम्भाव्याता अध्यन गरेको छ । प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना मार्फत आधुनिक कृषियोग्य गाउँपालिका निमार्णमा जोड दिदै पर्यटनको सम्भाव्याता अध्यन गरेको हो ।

आधुनिक कृषीको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ पहिलो चरणमा कृषकहरुलाई आधुनिक कृषी औजार बितरण गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले बताए छन् । गाउँपालिकालाई कृषीमा जिल्लाकै नमुना बनाई पर्यटनको आधार तयार गर्ने लक्ष्य रहेको बताएका थिए । जस अन्तरगत गाउँपालिकाका १० वटा कृषक समुहहरुलाई ९० प्रतिशत छुटमा कृषी औजारहरु बितरण गरिएको छ । गाउँपालिकाको १८ लाखको लागतमा गरिद गरिएका ४२ थान कृषी औजारहरुमा धान रोप्ने ,गोड्ने,काट्ने र झार्ने लगायतका औजार रहेका छन् । त्यस्तै जोत्ने,मकै रोप्ने,छोडाउने तथा कोदो कुट्ने औजारहरु रहेको गाउँपालिकाका अध्यक्ष पौडेल बताएका छन् ।

खरिद गरिएको बिभिन्न ४२ थान औजार मध्ये प्रर्दशनीका लागी एक / एक थान औजारहरु कार्यलयमा राखिएको र बाकीँ कृषक समुहहरुलाई बितरण गरिएको छ । ७५ हजार रुपौयाको औजारका लागी गाँउपालिकाको ६८ हजार र कृषक समुहको १० हजार रुपौयाको लागनी गरेका थिए । कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई गाउँपालिकाकाले बजार प्रर्वधनको समेत ब्यवस्था गर्ने अध्यक्ष पौडेलले बताएका छन् । जसका लागी स्थानिय बजारलाई व्यवस्थीत गर्ने र बाह्य बजार संग पनि सहकार्य गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार