‘गोविन्द केसीलाई ‘अधिनायकवादी’ भन्ने सरकारको दृष्टिकोण नै पूर्वाग्राही’

काठमाडौं-नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले असनसरत डा. गोविन्द केसीलाई “अधिनायकवादी”को आरोप लगाउने सरकारको दृष्टिकोण नै पूर्वाग्राही रहेको आरोप लगाएको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले  शनिबार एक विज्ञप्ति जारी गर्दै केसीको जीवनरक्षामा खतरा पैदा हुने संभावना बढेको अवस्थामा उनले उठाएका जायज मागहरु पुरा गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा केसीको जीवन रक्षामा कुनै पनि किसिमको लापरवाही नगर्न समेत सरकारलाई चेतावनी दिइएको छ । त्रिवि शिक्षण अस्पताल हाड जोर्नी विभागका वरिष्ठ चिकित्सक डा. केसी स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विभिन्न माग राख्दै  कर्णालीको जुम्लामा अनसनरसत छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकको विरोध गर्दै केसीको समर्थनमा देखिएको मोर्चाले विज्ञप्तिमा अगाडि भनेको छ, ‘डा. गोविन्द केसीले विगतमा स्वास्थ र शिक्षा क्षेत्रमा भएका विसंगतिहरुका बिरुद्ध बसेका अनशनमा सरकारले पुरा गर्ने सहमति गरेका विषयहरु समेत उल्टाउने गरी ओली नेतृत्वको सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक” कै भुमिका खेल्ने “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक”लाई संसद सचिवालयमा दर्ता गर्नुले आगोमा घिउ थप्ने काम गरेको छ ।’
अनसनमा रहेका डा. केसी सँग वार्ता गरी जायज मागहरु पुरा गर्न पनि मोर्चाले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार