(अपडेट) टिपर दुर्घटनामा मृतकको संख्या १८ पुग्यो, १४ घाइते

काठमाडौं – मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमा १२ पुरुष र ६ महिला रहेका छन् । दुघर्टनामा १४ जना घाइते छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेलाई सदरमुकाम जोमसोमतर्फ लगिँदैछ । उहाँका अनुसार एउटा हेलिकप्टर जोमसोम पुगेको छ । प्रहरी घटनास्थलतर्फ लागेको छ । 

घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कंदै गरेका मजदुर बोकेको बा २ क २२१९ नम्बरको टिपर बेनी-जोमसोमको कोरला सडक खण्डअन्तर्गत दामोदर कुण्ड-३ स्थित स्याङ्बोचेमा करिब दिउँसो २ बजे सडकबाट तल खसेको हो । प्रहरीका अनुसार टिपरमा ३२ जना सवार थिए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । टिपर सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार