निषेधाज्ञाको निर्णय तत्काल कार्यान्वन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडाैं – सर्वोच्च अदालतले माइतीघर मण्डला लगायतका क्षेत्रमा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञा तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले अाज दिउँसो उक्त आदेश दिएको हो ।

असार २९ गतेसम्मका लागि निषेधाज्ञाको आदेश कार्यान्वयन नगर्न खतिवडाको इजलाशले भनेको हो । यस्तै २९ गते दुवै पक्षलाई छलफलका लागि झिकाएइको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले विरोध प्रदर्शन गर्नेमाथि धरपकड नगर्न पनि सरकारलाई भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार