स्याङ्बोचेमा ट्रिपर दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १५ मजदुरको मृत्यु

काठमाडौं – मुस्ताङ मुस्ताङको स्याङबोचे नजिकै टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ गरेको छ ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको हाे । ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् ।

प्रजिअ पौडेलले उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर मगाउन पनि पहल भइरहेको जानकारी दिनुभयो । मुस्ताङका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले दिएको जानकारी अनुसार बाटो बनाउने कामदार बोकेको बा २ क २२१९ नम्बर टिपर आज दिउँसो साढे २ बजेतिर अनियन्त्रित भएर सडकबाट ४० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार