डा. केसीको समर्थनमा भरतपुरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं – चिकित्सा शिक्षामा सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरे ।

केसीका माग परा गराउन र उनको जीवन रक्षाका लाग यस्तो प्रदर्शन दिन दिनै गर्ने सचिव डा.भोजराज अधिकारीले जानकारी दिनुभयो । संघका केन्द्रीय सदस्य डा। कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधरण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताउनुभयो । सरकारले ल्याएको विधेयकले चिकित्सा क्षेत्रलाई अव्यवस्थित बनाउने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार