डाक्टर केसीको जीवन रक्षा माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडाैं – प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो। र त्यस विषयमा आजै छलफल गर्न संसद्मा ध्यानाकर्षण गराएको थियो ।

कांग्रेस सांसद बालकृष्ण खाँडले सरकारले आजै यस विषयमा छलफल नगरे संसद सञ्चालन हुन नदिने बताउनुभयाे । ‘डाक्टर केसीको स्वास्थ्य स्थिति एकदम नाजुक छ । उपचारमा पनि सरकार संवेनशील नभएको र उहाँको मागबारे सरकारले ध्यान नदिएकोले उहाँको जीवन रक्षाको लागि सरकारले आजै छलफल गर्न जरूरी छ,’ उहाँले भन्नुभयाे । सभामुखले सरकारलाई यस विषयमा जानकारी गराइसकिएको र सरकारको तर्फबाट जवाफ आउन समय लाग्ने बताउनुभयाे ।

‘सरकार गम्भीर छ र गम्भिरतापूर्वक सोचिनै रहेको छ। यसबारे सरकारलाई जानकारी गराइसकिएको छ । छिट्टै जवाफ आउने सूचना प्राप्त भएको छ तर  सरकारको जवाफ आको छैन। त्यसैले सरकारको जवाफ पर्खिन आग्रह गर्दछु,’ उहाँले भन्नुभयाे । तर, सांसदरहरू सबै उठेर विरोध जनाए । सभामुखले पटकपटक अपिल गर्दा पनि सुनुवाइ नभएपछि बैठक आधा घण्टा स्थगित भएको जानकारी गराउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार