मुक्ताकुमारीका छोराको हत्यारालाई कार्वाही गर्न कांग्रेसकाे माग

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीका राष्ट्रियसभाका सांसद मुक्ताकुमारी यादवका छोरा लोकेशको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद बद्रीप्रसाद पाण्डेले सांसद यादवका छोरा लोकेशको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गर्नुभयो ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सवारी दुर्घटना नभइ लोकेशको हत्या भएको देखिएको दाबी गर्दै दोषीलाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गर्नुभएकाे हाे । गत चैत २ गते धनुषाको पोर्ताहामा सांसद यावदका छोरा लोकेशको धारिलो हतियार प्रयोग गरी हत्या गरेको कांग्रेसको दाबी छ । हत्याको जिम्मेवारी स्वतन्त्र तराई मधेश निर्माण सेनाले लिएको दाबी गर्दै सांसद पाण्डेले तत्सम्बन्धनमा उचित छानविनका लागि केन्द्रीयस्तरमै छानविन समिति गठन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।

लोकेशको हत्या गरेपछि भारतीय नम्बरबाट सांसद मुक्ताकुमारीको परिवारलाई नै सखाप पारिदिने धम्की आउने गरेको पनि सांसद पाण्डेले संसदलाई जानकारी गराउनुभयाे । उहाँले मधेशको विरुद्ध रहेकाले सांसद यादवका छोरा लोकेशलाई हत्या गरिदिएको दाबी पनि सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको पनि स्मरण गराउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार