लेखनाथमा कृषि उपज केन्द्र निर्माणको तयारी

पोखरा – लेखनाथ उद्योग वाणिज्य सङ्घ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिने कृषि उपज खरीद विक्रीकेन्द्रको शिलान्यास गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि प्रविधि सूचना केन्द्रको समेत बुधवार उद्घाटन गरिएको हो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घले २२औं स्थापना दिवस मनाउने क्रममा विक्रीकेन्द्रको शिलान्यास र सूचना केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आर्थिक समृद्धिका लागि यात्रामा सहभागी हुन उद्योग व्यवसायीलाई आग्रह गरे । ‘निजीक्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने बारेमा प्रदेश सरकार चिन्तनशील छ,’ उनले भने ।

प्रदेश नं. ४ लाई औद्योगिक र समृद्धिको प्रदेश बनाउन लगानी सम्मेलनको आयोजना गर्ने लक्ष्य रहेको बताए । पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि र पर्यटनको माध्यमबाट अगाडि बढ्नुपर्ने धारणाा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार