सुक्खा बन्दरगाहबाट पहिलोपटक टर्कीका लागि सामान पठाइँदै

वीरगञ्ज – मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको ५ वटा कन्टेनर टर्की पठाउन लागेको छ।

यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च लाग्ने, झन्झटिलो तथा ढिलो हुने भएकाले पहिलो पटक वीरगञ्जको सुक्खा बन्दरगाहबाट विशाखापतनम बन्दरगाहबाट सामान पठाउन लागिएको मार्कस कम्पनीका प्रतिनिधि शौरभ सकसेनाले बताए।

आगामी असार २३ गते सो ४० खुट्टे भएको धागो बोकेको ५ वटा कन्टेर्नर टर्कीका लागि प्रस्थान गर्नेछन्। कम खर्च, समयको बचतसमेत हुने भएकोले विशाखापटनम बन्दरगाहको बाटो गरी सो कन्टेनर लान थालिएको हो। कलकता बन्दरगाहबाट सिधै युरोपेली मुलुक सामान पठाउँदा लागत खर्च बढी हुने, समय बढी लाग्ने र झन्झटिलो हुने भएकाले सो कम्पनीले पहिलो पटक सिर्सिया सुक्खा बन्दरगाहबाट सो सामान पठाउन लागिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार