कृष्णभीरको पहिरोमा जीप पुरियो, दाङमा बाढीले बस बगायो

तुलसीपुर – पश्चिम दाङको बबई गाउँपालिका-५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।

स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो । दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

यता पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खस्दा जीप पुरिएको छ । पहिरोमा पुरिएको लु १ ख २३४३ नम्बर जीपबाट यात्रुको उद्दार गरिएको छ । समयमै उद्दार भएकोले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार