हेलिकप्टर चढेर गुण्डा नाइके ‘फइद’ जेलबाट फरार

काठमाडाैं – प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन् । रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए ।

दुईजना बन्दुकधारीले धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी आफ्ना भाइसँग जेलको आगन्तुक कक्षमा कुरा गरिरहेका फइदलाई भगाएका थिए । जेल परिसरमा रोकिएको हेलिकप्टरलाई तेस्रो बन्दुकधारीले सुरक्षा दिएको थियो । हेलिकप्टरका पाइलट व्यावसायिक उडान तालिम दिने व्यक्ति हुन् र उनलाई ती बन्दुकधारीहरूले बन्धक बनाएका थिए ।

त्यहाँबाट उक्त हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा लगिएको थियो र प्रहरीले त्यसलाई फेला पारेका छन् । ४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो । उक्त घटनामा एकजना प्रहरी मारिएका छन् । जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो । सन् २०१३ मा उनले चारजना गार्डलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै कैयौँ ढोकाहरू डाइनामाइट विस्फोट गराएर भागेका थिए ।नाइकेत्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहे । उनको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै एफएफपी समाचार संस्थाले जनाएको छ । ती भगौडा बन्दीलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

फ्रान्सकी न्यायमन्त्रीले उक्त जेल तोडेको घटनालाई ‘शानदार’ भन्दै व्यापक तयारी गरेका कमाण्डोहरूको प्रयोग गरिएको हुनसक्ने बताइन् । उनले ड्रोन जस्ता प्रविधि प्रयोग गरी उक्त जेल परिसरको शुरूमा निरीक्षण गरिएको हुनसक्ने पनि उल्लेख गरिन् । हेलिकप्टर अवतरण गराइएको जेलभित्रको परिसर हेलिकप्टरलाई पासो थाप्न नसकिने उक्त जेलको एकमात्रै परिसर रहेको थियो । आइतवार अपरान्ह भएको उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ । बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो ।जेलहेलिकप्टरबाट ओर्लिएपछि फइद एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो । पछि उक्त कार जलेको अवस्थामा प्यारिसको बाहिरी भागमा रहेको एउटा शपिङ सेन्टरको कार पार्किङमा फेला परेको थियो । आइतवार अपरान्ह नै उनलाई अर्को सेतो भ्यानमा चढाइएको बताइएको छ । –बीबीसीबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार