पर्खाल भत्किँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु

रोल्पा – लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको मृत्यु भएको  छ ।

रुन्टिगढी गाउँपालिका-५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो ।

आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै मृत्यु भएको थियो भने सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार