नारायणगढ-मुग्लिन सडकखण्ड : तीन ठाउँमा सानो पहिरो, एकतर्फी गाडी सञ्चालन

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तीन ठाउँमा सानो पहिरो गएका कारण गाडीको आवतजावतमा केही अवरोध भएको छ ।

तर ठूलो पहिरो नगएकाले एकतर्फी रुपमा गाडी चलिरहेको आयोजनाका सूचना अधिकारीले शिव खानलले जानकारी दिएका छन् । सडकखण्डको जलविरे तथा चारकिलोका दुई ठाउँमा सोमबार बिहानै पहिरो गएको हो ।

पहिरो सानो रहेको र अहिले पन्छाउने काम भइरहेको खनालले जानकारी दिए । तीन ठाउँमा पहिरो गएपछि ती ठाउँमा एकतर्फी रुपमा गाडी चलिरहेका छन् ।

पानी परिरहेकाले पहिरो जाने जोखिम भने रहेको र आफूहरु त्यसका लागि तयारी अवस्थामा बसेको उनले जानकारी दिएका छन् ।

यस्तै पानी परेका कारण बाटो निर्माणको अन्तिम चरणको काम प्रभावित भएको छ । तर पहिरो रोक्नका लागि भिरमा भइरहेको रक नेटिङ्गको काम भने सकिन लागेको खानालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार