स्पेन पनि अाउट, रुस विश्वकपको क्वाटरफाइनलमा

विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो ।

निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १–० ले अग्रता लिने अवसर पायो ।

पेनाल्टी
स्पेन – आन्द्रेस इनिएस्टा : गोल (१-०)
रुस – फेडोर स्मोलोभ : गोल (१-१)
स्पेन – जेरार्ड पिके : गोल (२-१)
रुस – सेर्जे इग्नासेभिच : गोल (२-२)
स्पेन – कोके : सेभ (२-२)
रुस – एकेक्जान्डर गोलोभिन : गोल (३-२)
स्पेन – सर्जियो रामोस : गोल (३-३)
रुस – डेनिस चेरिसेभ : गोल (३-४)
स्पेन – इयागो आसपास : सेभ (३-४)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार