तीन दिनपछि छुटे विद्यार्थी नेताः शंकरदेवमा सम्मान

काठमाडौं – प्रहरीले नियन्त्रणमा लिएको नेपाल विद्यार्थी संघ कैलाली-काठमाडौं सम्पर्क समितिको अध्यक्ष एव् शंकरदेव क्यापसका नेता विवेक तामाङसहित ७ जनालाई आज रिहाइ गरिएको छ । गत शुक्रबार रातोपुलबाट कोठा जानेक्रममा नियन्त्रणमा लिइएका विद्यार्थी नेतालाई महानगरीय वित्त सिहदरबारले आज १२ बजे रिहाइ गरेको हो ।

क्याम्पस प्रशासनको पक्षपाती व्यवहार र अनियमिततालाई बाहिर ल्याउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको थियो । यसअघि हिजाे नेपाल विद्यार्थी संघले एक प्रेस विज्ञाप्ती जारी गर्दै नेता तामाङसहित हिरासतमा राखिएका विद्यार्थी नेतालाई रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको थियो । विद्यार्थी नेताहरुले पनि रिहाए नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको थिए ।

यसैबीच विद्यार्थी नेताहरु रिहाइ भएपनि आज शंकरदेव क्याम्पसमा उनीहरुलाई सम्मान गरिएको छ । नेविसंघ शंकरदेव क्याम्पस र विद्यार्थी नेताको अगुवाइमा उनीहरुलाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार