नारायणगढ-मुग्लिन सडकखण्डबारे एसएमएसबाटै सूचना पाइने

काठमाडाैं – अब नारायणगढ-मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् । ‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार