ओली सरकार ‘ज्ञानेन्द्र सरकार’ जस्तै रहेको केसीको टिप्पणी

काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निर्णय पूर्व राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकार जस्तै रहेको टिप्पणी प्रतिनिधि सभामा उठेको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले ज्ञानेन्द्र नेतृत्व सरकारको गृहमन्त्री कमल थापा जस्तै निर्णय गरेको टिप्पणी गर्नुभयो ।

प्रतिनिधि सभाको विशेष समयम बोल्दै केसीले विरोध गर्ने लोकतन्त्रिक अधिकारमाथि ओली सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । ‘विरोध प्रदर्शन गर्नमा रोक लगाउने निर्णय २०५८ सालको ज्ञानेन्द्र सरकारको निर्णय जस्तो भयो । गृहमन्त्री कमल थापाले त्यस बेला भत्तपुरको चौरमा गएर विरोध गर्न भनेको थियो,’ केसीले भन्नुभयो ।

प्रदर्शन गर्ने स्थल बारेको निर्णय लोकतन्त्र विरोधी निर्णय भएको बताउँदै केसीले यसबाट आम नागरिक अत्यन्त त्रसित भएको आरोप लगाउनुभयो । उहाँले यस निर्णयलाई तत्काल खारेज गर्न माग समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार