संसदमा पम्फा भुसालले भनिन्- डोजर आतंक अन्त्य गरियोस्

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको क्रममा पीडित ललितपुर खोकना र बुङ्मतीका स्थानीयलाई उचित मुआब्जा तत्काल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद भुसालले द्रुतमार्ग निर्माण गर्ने क्रममा स्थानीय सम्पदा र गुठीको जग्गा नमास्न नेपाली सेना र पीडित स्थानीयबीच गरिएको सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गर्नुभयो । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले द्रुतमार्ग निर्माणको नाममा स्थानीयमाथि डोजर आतंक फैल्याउन काम सरकारले गर्दै आएकोमा आपत्ति समेत जनाउनुभयो । ‘डोजर आतंक अन्त्य गरियोस्’, उहाँले भन्नुभयो ।

सांसद भुसालले द्रुतमार्ग निर्माण क्षेत्रमा पुनर्वासको व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । सांसद भुसालले सरकारले ललितपुरको लागि बजेट समेत कम छुट्याएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । मन्त्रीहरूले आ–आफ्नो जिल्लामा मात्रै बजेटको पर्याप्त व्यवस्था गरेको सांसद भुसालको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार