विश्वकप फुटबल: आज स्पेन VS रुस र क्रोएसिया VS डेनमार्क भिड्दै

रुस – रुसमा जारी विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुदैछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे स्पेन र रुसको खेल हुदैछ ।

समुह बी को बिजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो । उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । घरेलु टोली रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो ।

आजै राति पौने १२ बजे क्रोएसिया र डेनमार्क आमनेसामने हुदैछन् । क्रोएसिया समुह डि को बिजेता तथा डेनमार्क समुह सि को उपबिजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार