काभानी चम्किएपछि उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टुट्यो विश्वकप सपना

रुस – उरुग्वेका लागि काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । उरुग्वेका काभानी र लुइस स्वारेजको उत्कृष्ट तालमेलले क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल उरुग्वेसँग हार बेहोर्न पुग्यो । खेलको सातौं मिनेटमा गोल गर्दै काभानीले अग्रता दिलाएका थिए । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे ।

तर ५५ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुुगललाई बराबरीमा फर्काएका थिए । तर फेरि काभानी चम्किए । बराबरी भएको सात मिनेटमै उरुग्वेले उनको गोलमा अग्रता लियो । त्यसपछि थप दवाव बढाए पनि उरुग्वेका डिफेन्डरसामु पोर्चुगलको केहि चलेन । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्सयसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार