ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडाैं – धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । बिरामी बोकेर ल्याएको सिम्रिक एयरको हेलिकप्टर अाज दिउँसो ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको हो ।

हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । यता अस्पताल प्रशासनले ल्याण्ड गर्नेक्रममा निश्चित स्थान भन्दा केही पर पुगेको तर त्यसबाट केही क्षति नभएको दाबी गरेको छ । अस्पतालका सञ्चार हेर्ने अधिकृत विनोद अधिकारीले ल्याण्ड गर्ने क्रममा हेलिकप्टर केही पर पुगेको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार