नेता तामाङलाई १२ घण्टाभित्र रिहा नगरे थप आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं – नेपाल विद्यार्थी संघले नेविसंघ कैलाली काठमाडौं सम्पर्क समितिको अध्यक्ष एव् शंकरदेव क्यापसका प्रभावशाली नेता विवेक तामाङ लगायतका नेतालाई १२ घण्टाभित्र रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले आज एक प्रेस विज्ञाप्ती जारी गर्दै नेता तामाङसहित हिरासतमा राखिएका विद्यार्थी नेतालाई १२ घण्टाभित्र रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको हो । क्याम्पस प्रशासनको पक्षपाती व्यवहार र अनियमिततालाई बाहिर ल्याउन खोज्दा पूर्वाग्रही ढंगले हिरासतमा राखिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको समेत विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

विज्ञाप्तीमा अगाडि भनिएका छ, ‘विद्यार्थीमाथि पक्षपात रुपमा उत्रिने क्याम्पस पदाधिकारीको राजिनामा माग गर्दै थुनामा राखिएका नेतालाई थुना मुक्त नगरिए त्यसबाट पुग्ने क्षतिको जिम्मा स्वयम क्याम्पस प्रशासनको हुने कुरा निर्देशनानुसार जानकारी गर्दछौं ।’ नेविसंघ शकरदेव क्याम्पसका नेता मदनराज उपाध्यायले क्याम्पस प्रशासनले विद्यार्थी नेतालाई रिहाई र मागको सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार