नेपाल आइडलबाट चर्चामा आएकी सन्ध्या जोशीको ‘मिर्मिरे’ सार्वजनिक

काठमाडौं –  नेपाल आइडल सिजन वानबाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले नयाँ गीत मिर्मिरे सार्वजनिक गरेकी छन्। शुक्रबार युट्युबमार्फत  नयाँ गीत सार्वजनिक गरेकी हुन्।

नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल भएकी गायिका जोशीले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छन्। प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीतमा रहेको गीतमा सन्ध्याकाे सुमधुर अावाज छ।

गीतको भिडियोमा सन्ध्यासँगै भिजे तथा मोडल सुदित श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ। पोखराका रमणीयस्थलमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित स्वयम्ले गरेका हुन्  भने उज्वल जोशीले सिनेम्याटोग्राफी तथा सम्पादन  छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार