विदेशिने कामदारका समस्या सम्बोधन गर्न ‘शुभयात्रा’ एप्लिकेसन

काठमाडौं – वैदेशिक रोजगारीको लागि विदेशिने कामदारका समस्या सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शुभयात्रा एप्लिकेसनमार्फ कामदारका समस्या सुनुवाइ गर्न सुरु गरिएको छ ।

एप्लिकेसनमार्फत रोजगारीको खोजीमा विदेशिने युवाका विभिन्न समस्या समाधान गर्ने प्रयास गरिने प्रवासी नेपाली समान्वय समितिले जनाएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रम आयोजना गर्दै समितिले एप्लिकेसन १ लाखभन्दा बढीले प्रयोग गरिरहेको जानकारी गराएको छ । एप्लिकेसनमार्फत आएका समस्या सरकारको सम्बन्धित निकायसम्म पुराएर समाधान गर्न पहल गरिने समितिका अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयाे ।

उक्त एप्लिकेसनबाट वैदेशिक रोजगारीका विषयमा धेरै सूचना पाउन सकिने उहाँको भनाइ छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) र अन्य विभिन्न संघ-संस्थाको सहयोगमा शुभयात्रा एप दुईहप्ता अघि सञ्चालनमा ल्याएको हो ।

सरल, सुरक्षित वैदेशिक रोजगारीमा जान आवश्यक कागजात, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार सम्बन्धी ऐन कानुन, कूटनीतिक नियोगको सम्पर्क नम्बर, सम्बन्धित मन्त्रालय तथा निकायको नम्बर र वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्दा कसरी उद्धार हुन्छ भने जानकारीलाई एपमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार