नेपालस्थित अमेरिकी दूतावासमा एम्नेष्टीको ज्ञापन

काठमाडौं – अमेरिकी सरकारले बालबालिकालाई आफ्ना अभिभावकबाट छुटाएर अलग्गै राखेको विरोधमा विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले नेपालमा विरोध प्रदर्शन गरेको छ ।

आज विहान एक कार्यक्रम गर्दै एम्नेष्टीले नेपालस्थित अमेरिकी राजदूतावासमा ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझाउनुअघि एम्नेष्टीले महाराजगञ्ज चक्रपथदेखि टिचिङ अस्पतालसम्म र्‍याली पनि निकालेको थियो ।  बालबालिकाको अधिकार कुनै पनि बहानामा कुण्ठित नगर्न र पूर्ण सुरक्षित राख्न एम्नेष्टीले माग गरेको छ ।

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कुईकेलले बालबालिका र आप्रवासीको अधिकारमा प्रहार नगर्न एम्नेष्टीले विश्वभरबाट अमेरिकी सरकारको ध्यानाकर्षण गराएको बताउनुभयाे । बालबालिकालाई आफ्ना अभिभावकबाट छुटाउनु निन्दनीय भएको भन्दै उक्त निर्णय सच्याउँदै आप्रवासीमाथि भइरहेको विभेद अन्त्य गर्न उहाँको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार