प्रशासनको निषेधाज्ञा तोडेर डाक्टर गोविन्द केसी धर्नामा

काठमाडाैं – डाक्टर गोविन्द केसी आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बस्नु भएको छ । आफ्नो १५ औँ अनसनस्थलका रुपमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २ सय मिटर वर नै सुरक्षाकर्मीले रोक्न खोजेपछि प्रशासन अगाडि नै धर्नामा बस्नु भएको हो ।

डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बस्नुभएको हो । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा अहिले केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसिरहेका छन् । साथै सुरक्षाकर्मीले माइकिङ गर्दै धर्ना छाड्न आग्रह गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार