बन्दुकधारीद्वारा नाइजेरियामा १७ जनाको हत्या

काठमाडौं – नाइजेरियाको उत्तर–पश्चिमीमी जाम्फारा राज्यमा बन्दुकधारीले गोलीहानी १७ जनाको हत्या गरेका छन् ।

नाइजेरियामा जाम्फारा राज्यमा गएराति भएको आक्रमणमा कम्तीमा १७ जना सर्वसाधारण मारिएका छन् । घटनामा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । नाइजेरीयाको जाम्फरा राज्यमा भड्किएको हिंसा नरोकिएको र ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा श्रृखलाबद्ध आतङ्ककारी हमला गरी गाउँलेको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ ।

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँले ज्यान जोगाउन भागेका थिए । आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थलको अवस्था सामान्य बन्दै गएको राज्यका प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले बताएका छन् ।

जाम्फारा क्षेत्रमा यसअघि पनि हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दोष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार