भारी वर्षाको सम्भावना, तराई र चुरेमा उच्च सतर्कता उपनाउन आह्वान

काठमाडौं – सरकारले देशैभर मौसम सक्रिय भएको भन्दै भारी वर्षाका कारण हुने सम्भावित दुर्घटनाबाट सतर्क रहन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । शनिबार र आइतबार विशेषगरी मध्य र पश्चिमी भू–भागका तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा भारी वर्षा हुन सक्ने र त्यहाँबाट बग्ने खोलानालामा वहाव खतरा तहभन्दा बढी जान सक्ने देखिएकोले सबैलाई सतर्ककता अप्नाउन आह्वान गरिएको हो ।

बाढी सतर्कता केन्द्रले सूचना जारी गर्दै चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने चेतावनी दिएको छ। ‘विशेषतः मध्य र पश्चिमी भुभागका खासगरी तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्ने देखाएकाले सो अनुसार गरिएको पूर्वानुमानमा समेत विशेषगरी चुरे क्षेत्रबाट प्रवाह हुने सबै खोलानालाहरुमा बहाब खतरा तहभन्दामाथि जान सक्ने देखिएकाले तराई र चुरे क्षेत्रमा पर्ने सबै जिल्लामा उच्च सतर्कता अपनाऔं।’

सम्भावित जोखिममा रहेका क्षेत्रहरुमा पूर्व तयारीलाई प्राथमिकता दिन र प्रतिकार्यको लागि तयार रहन समेत आह्वान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज राति पश्चिमी भुभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ‘मनसुन देशभर सक्रिय बनेसँगै वर्षा हुने क्रम पनि बढेको छ,’ मौसमविद् नगरकोटीले भन्नुभयो, ‘शनिबार बेलुका मुलुकका विभिन्न भुभागमा भारी वर्षा हुने सम्भावना छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार