सरकारी निषेधाज्ञा उचित समयमा तोडिने कांग्रेसको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपत्यकाका तीन जिल्लामा सरकारले लागू गर्न गइरहेको निषेधाज्ञा तोड्ने चेतावनी दिएको छ । सरकारले आगामी साउन १ गतेबाट लागू गर्न गइरहेको निषेधाज्ञा उचित समयमा तोडिने प्रतिपक्षी कांग्रेसले चेतावनी दिएको हो ।

कांग्रेसले विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्ने सरकारको नियतमा खोट रहेको पनि दाबी गरेको छ । उसले सरकारलाई नेपाल नेपाल उत्तर कोरिया नभएको टिप्पणी गर्दै अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्याण्ड र जापानमा सरकारको नाकै अगाडि विरोध प्रदर्शन गर्न पाइने व्यवस्था रहेको स्मरण गराउन खोजेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार अपरान्ह ट्विट गर्दै भनेका छन्, ‘‘निषेधाज्ञा उचित समयमा तोडिनेछ !’ सरकारले बिहीबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको थियो । विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा स्थान तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार