तीज गीत ‘बारुले कम्मर…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – ललिता बोहरा (खड्का) र विनोद बाजुरालीको स्वरमा रहेको तीज गीत ‘बारुले कम्मर…’ यूट्यूवमा सार्वजनिक भएको छ । तीजको महत्व र यसलाई कसरी सभ्यरुपमा मनाउने भन्ने विषय समेटिएको गीत म्यूजिक नेपालको यूट्यूप च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा राजेन्द्र शाह बिपीको शब्द/संगीत रहेको छ भने बिनोद बाजुरालीको एरेञ्ज रहेको छ । खप्तड डिजिटल म्यूजिक प्रालीले बजार व्यस्थापन गरेको गीतको म्यूजिक भिडियोलाई भिम थापाले निर्देशन गर्नुभएको छ । रामेश्वर खड्का निर्माता रहेको म्यूजिक भिडियोको छायांकन राजेश घिमिरेले गर्नु भएको हो ।

शेर साउँले नृत्य निर्देशन गरेको गीतको भिडियोमा चक्र बम र हिमानी ढुंगाल तथा समूहको अभिनय देख्न सकिन्छ । भिडियोको दृश्य निर्माण खप्तड फिल्मस् ले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार