प्रदेश ५ : प्रकोपमा मृत्यु भए १ लाख, घर भत्किए ३५ हजार

बुटवल – प्रदेश ५ सरकारले प्राकृतिक प्रकोप र विपदमा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड बनाएको छ । मन्त्रिपरिषदको आजको बैठकले स्वीकृत गरेको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत पाउने छन् ।

प्रकोपमा पशु चौपायाको मृत्यु भएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपुर्ति पाउने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक प्रकोपमा परी घाइते भएमा सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्चको बील अनुसारको रकम प्रदेश सरकारले दिनेछ । यस्तै घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउनेछन् ।

यस्तै बहालमा बसेको घर नष्ट भएमा प्रति परिवार १० हजार, खाद्यान्न बाली नष्ट भएमा, १० हजार, पसल व्यवसाय नष्ट भएमा ५० हजारसम्म राहत पाउने छन् । प्राकृतिक प्रकोपबाट व्यवसायिक फर्म, प्रतिष्ठानमा क्षति पुगेमा पनि कार्यविधिअनुसार राहत पाउने छन् । यस्तै मन्त्रिपरिषद बैठकले कानुन मस्यौदा सुझाव आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधा प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यसरह हुने निर्णय गरेको छ ।

बैठकले मुख्य न्यायाधीवक्ताको सेवा सुविधा सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोग विधेयक स्वीकृत गरी प्रदेशसभा वैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार