विरोध प्रदर्शनका लागि ठाउँ तोकियो, अन्यत्र गरे कारबाही

काठमाडाैं – सरकारले विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको छ । आज पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयले यो जानकारी दिएको हो ।

विरोध प्रदर्शनका लागि काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउँ तोकिएको छ । यसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रका लागि विरोध प्रदर्शनका लागि स्थान तोकिएको छ ।

त्यसैगरी ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार  र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ । तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार