बाग्मतीको किनारमा युवक र युवतीको शव भेटियो

काठमाडौं – काठमाडौंमा बुधबार एक युवक र एक युवतीको शव भेटिएको छ । टेकुबाट सानेपा जाने कालोपुलमुनि वाग्मती नदीको किनारमा युवतीको तथा अत्तरखेलस्थित वाग्मती किनारमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।

दुवै मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले मृतकहरुको फोटोसहितको हुलिया सार्वजनिक गरी कसैले चिनेको भएमा खबर गर्न आग्रह गरेको छ । मृत भेटिएकी युवती मंगोलियन अनुहारको भएको प्रहरीले जनाएको छ ।

त्यस्तै युवकको शव नग्न अवस्थामा भेटिएको छ । दुवै जनाको शरीरमा चोटहरु भेटिएकाले हत्या भएको प्रहरी आशंका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार