चीनसँग थप ५ नाका खोल्ने सहमति भएको छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा थप ५ वटा नाका खोल्ने सहमति गरिएको बताउनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दार्चुलाको टिंकर र बझाङको उरहीसहित ५ वटा थप नाका खुलाउन प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीन सरकारसँग समझदारी गरिएको संसदलाई जानकारी गराउनुभ भएको हो ।

आज परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले चीनको स्वशासित क्षेत्र तिब्बतियन ‘हाई वे’ लाई प्रयोग गर्दै सामान भित्र्याउने उद्देश्यका साथ थप ५ वटा नाका खुलाउने सहमति गरिएको स्पष्ट पार्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले चीनसँग जोडिएका नाकालाई बढीभन्दा बढी खुलाउँदै लैजाने नीति लिएको पनि स्मरण गराउनुभयो ।

उहाँले लिपुलेकसम्बन्धि समस्या कूटनीतिक माध्यामबाट समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले पुराना कूटनीतिज्ञहरुको अनुभवलाई पुस्तकको रुपमा प्रकाशन गर्न आवश्यक्त व्यवस्था गर्ने योजना पनि अघि सार्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार