पुनर्निर्माण अझै राम्रो बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडाैं –  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएकाे छ । अाज हनुमान ढोकास्थित गद्धि बैठक भवन पुनर्निर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माण (रेट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयाे ।

हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वको भएको पनि उहाँले बताउनुभयाे । २०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहीन भएको, सयौं साँस्कृतिक धरोहर क्षतविक्षत भएको स्मरण गर्दै त्यतिबेला अमेरिकी सरकारले गरेको सहयोगको सह्राहना पनि गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार