लगानी बोर्ड नेपाल खारेज गर्न सांसद प्रेम सुवालको माग

काठमाडाैं – नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको लगानी बोर्ड नेपाल खारेज माग गर्नु भएको हो ।

विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गर्नु परेको सांसद सुवालको तर्क छ । मंगलबार प्रतिनिधिसभामा विनियोजन बजेट अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले लगानी बोर्डले स्वदेशी लगानीलाई भन्दा विदेशी लगानीलाई जोड दिने गरेकोमा पनि आपत्ति जनाउनुभयो ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको दावी समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको गम्भीर आरोप समेत लगाउनुभयो । सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार